PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ।

आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्।

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रलगायत उपत्यकाका विभिन्न अस्पतालमा दोस्रो डोज लगाउन सकिने छ। खोप लगाउन अस्पतालमा मानिसहरुको घुइँचो लागेको छ।

कोभिड १९ को दोस्रो भेरियन्ट देखिएको र संक्रमण बढिरहेका बेला सरकारले दोस्रो डोज दिन लागेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell