PahiloPost

May 15, 2026 | १ जेठ २०८३

स्पष्टिकरणमा ओलीले नेपाल समूहका सांसदलाई सोधे प्रश्न : छुट्टै राजनीतिक दल किन गठन गरेको?



पहिलोपोस्ट

स्पष्टिकरणमा ओलीले नेपाल समूहका सांसदलाई सोधे प्रश्न : छुट्टै राजनीतिक दल किन गठन गरेको?

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ।

संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सांसदहरुलाई नेकपा एमालेको संसदीय दलले स्पष्टिकरण सोधेको हो। पार्टीको चिन्हको दुरुपयोग गर्दै फरक पार्टी गठन गरेको आरोप पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन्। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार दल त्याग गरेकोमा कारवाही गरिने ओलीले चेतावनी दिएका छन्।

'राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईँले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने? तपाईँलाई संघीय संसदको सदस्यबाट किन नहटाउने?,' ओलीले सोधेको स्पष्टिकरणमा उल्लेख छ।

सोमवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

कर्णालीमा पार्टीको ह्विप उलंघन गरेर माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मतदान गरेको भन्दै प्रदेशका सांसदलाई स्पष्टिकरण सोध्न लागिएको हो। नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई महासचिव ईश्वर पोखरेलले यसअघि नै स्पष्टिकरण सोधेका थिए भने ४ जना नेतालाई एमालेले ६ महिना पार्टीबाट निलम्बन गरेको छ। बालुवाटारको सोमवारको बैठकमा ओलीले कर्णाली प्रदेशमा बेइमानी गरेको भन्दै नेपाल समूहका नेतालाई कडा कारवाही गर्ने चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell