PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक



पहिलोपोस्ट

कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक
Photo : CAN

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा कुशल भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेका हुन्। ६२ रन बनाएर कुशल आउट भए। 

यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका हुन्।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए भने आशिफ शेख डक आउट भए।

जारी सिरिजमा भुर्तेलले को यो लगातार तेस्रो अर्धशतक हो। यसअघि उनले नेदरल्याण्ड्स र मलेसिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell