PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ऐरी र भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ रनको लक्ष्य



पहिलोपोस्ट

ऐरी र भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ रनको लक्ष्य
तस्बिर: क्यान

काठमाडौं: त्रिदेशीय टी २० सिरिज अन्तर्गत आज जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहायतामा  निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोडेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाउँदा अर्का ओपनर आशिफ शेख भने शुन्य रनमै पभेलियन फर्किए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३० बलमा ५ छक्का र ३ चौकाको सहायतामा ६० रन जोडे। त्यस्तै सोमपाल कामी २१ रनमा अभिजित रहँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए।

बलिङतर्फ भिविअन किंगमा र कप्तान पिटर सेलरले समान २ विकेट लिँदा बस डे लीडे र आर्यन दत्तले समान १/१ विकेट लिए।

नेदरल्याण्ड्स केही बेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell