PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एमालेका यी नेतालाई सांसदबाट हटाउने तयारीमा छन् प्रधानमन्त्री ओली



पहिलोपोस्ट

एमालेका यी नेतालाई सांसदबाट हटाउने तयारीमा छन् प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जना सांसदलाई अलग पार्टी गठन गरेको भन्दै स्पष्टीकरण सोधेका छन्। ओलीले 'सांसद पदबाट तपाईंलाई किन नहटाउने? ' भन्दै २७ जना संघीय संसका र ५ जना कर्णाली प्रदेशका सांसदाई स्पष्टिरकण सोधेका हुन्।

'राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईँले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने? तपाईँलाई संघीय संसदको सदस्यबाट किन नहटाउने?,' ओलीले सोधेको स्पष्टिकरणमा उल्लेख छ।

वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल सहित संघीय संसदका २७ जनालाई स्पष्टिकरण सोधिएको छ। जवाफका लागि ३ दिनको समयसीमा तोकिएको छ। यस्तै कर्णाली प्रदेशमा पार्टीको ह्वीप नमानेको भन्दै ५ जना सांसदलाई स्पष्टिकरण सोधिएको हो।

यी नेतालाई सोधे ओलीले स्पष्टिकरण :

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. भीम रावल

४. सुरेन्द्र पाण्डे

५. घनश्याम भुसाल

६. पवित्रा निरौला

७. मेटमणि चौधरी

८. यज्ञराज सुनुवार

९. जीवनराम श्रेष्ठ

१०. झपट रावल

११. विरोध खतिवडा

१२. सोमप्रसाद पाण्डे

१३. भवानी खापुङ

१४. नारायण खतिवडा

१५. जयकुमार राई

१६. गणेश पहाडी

१७. दिपकप्रकाश भट्ट

१८. योगेशकुमार भट्टराई

१९. हिराचन्द्र केसी

२०. पुष्पाकुमारी कर्ण कायस्थ

२१. कल्याणी खड्का

२२. लक्ष्मीकुमारी चौधरी

२३. सरलाकुमारी यादव

२४. कृष्णलाल महर्जन

२५. नीरादेवी जैरु

२६. मुकुन्द नेउपाने

२७. रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद :

१. प्रकाश ज्वाला

२. नन्दसिंह बुढा

३. कुर्मराज शाही

४. अम्बरबहादुर थापा

५. देवी ओली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell