PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै सूर्या ल्याबमा प्रहरीको छापा



पहिलोपोस्ट

नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै सूर्या ल्याबमा प्रहरीको छापा

काठमाडौंः प्रहरीले काठमाडौंको सिनामंगलमा रहेको सूर्या ल्याबमा छापा मारेको छ।

कोभिड १९ सङ्क्रमणको परीक्षण गर्ने ल्याबले स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो। तर नक्कली बनाउने गरेको वा नगरेको भन्ने पुष्टी भइसकेको छैन।

'उजुरी परेपछि छापा मारेको हो। अहिले काम भइरहेको छ। कतिको नक्कली बनाएको हो वा होइन पुष्टी भइसकेको छैन,' महाशाखाका प्रमुख एसएसपी चन्द्रबहादुर खापुङले भने।

यसअघि पनि प्रहरीले नक्कली रिपोर्ट बनाएर विदेश जान लागेका केही युवालाई नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell