PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

क्रिकेट क्रेज : स्टेडियममा प्रवेश निषेध पछि रुखमा चढेर चौका र छक्कामा दर्शकको हुटिङ

क्रिकेट क्रेज : स्टेडियममा प्रवेश निषेध पछि रुखमा चढेर चौका र छक्कामा दर्शकको हुटिङ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : त्रिदेशीय टी २० सिरिज अन्तर्गत आजको खेलमा कीर्तिपुरस्थित स्टेडियममा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा धेरै भिडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाएसँगै खेल क्षेत्र समेत प्रभावित बनेको हो। बैठकले २५ जना भन्दा बढी मानिस उपस्थित हुने गरि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको थियो।

मन्त्रिपरिषदको उक्त निर्णय बमोजिम नेपाल क्रिकेट संघ (क्यान) ले पनि सोमबार नै स्टेडियममा दर्शकलाई प्रबेश नदिने निर्णय गरेको थियो। यद्यपि आज रंगशालाको कथा फरक छ।

टीयु स्टेडियम वरपर दर्शक त देखिँदैनन् तर नजिकैका रुख र भित्ताहरुमा दर्शकहरुको घुइँचो छ।

नेपाली टोलीले ब्याटिङ गर्दा दर्शकहरुले स्टेडियम बाहिरबाटै हुटिङ गरेका थिए। नेपाली खेलाडीहरुको हरेक चौका र छक्कामा रुखमा बसेका दर्शकहरुले शंख बजाएर खुसी मनाएका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell