PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

त्रिदेशीय सिरिज: नेपाल नेदरल्याण्ड्ससँग पराजित



पहिलोपोस्ट

त्रिदेशीय सिरिज: नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं: नेदरल्याण्डस्, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ।

कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा २०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाउँदा अर्का ओपनर आशिफ शेख भने शुन्य रनमै पभेलियन फर्किए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३० बलमा ५ छक्का र ३ चौकाको सहायतामा ६० रन जोडे। त्यस्तै सोमपाल कामी २१ रनमा अभिजित रहँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए।

बलिङतर्फ भिविअन किंगमा र कप्तान पिटर सेलरले समान २ विकेट लिँदा बस डे लीडे र आर्यन दत्तले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सका लागि बस डे लिडेले सर्वाधिक अभिजित ८१ रन बनाउँदा बेन कुपरले ५५ रनको महत्वपूर्ण योगदान गरे। त्यस्तै कप्तान पिटर सेलरले ३१ रन बनाउँदा टोबिअस भिसेले १५ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने कुशल मल्ल, करण केसी र कुशल मल्लले समान १/१ विकेट लिए।

यस अघिका दुई खेलमा जित निकालेको नेपालले अब अर्को खेलमा मलेसियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell