PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘बाबरी’मार्फत ३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्दै अदिती



पहिलोपोस्ट

‘बाबरी’मार्फत ३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्दै अदिती

फिल्म ‘बाबरी’को छायांकन शुरु भएको छ। जसमार्फत अभिनेत्री अदिती बुढाथोकीले फिल्म क्षेत्रमा कमब्याक गरेकी छिन्।

यसअघि उनले ‘कृ’ फिल्ममा अनमोल केसीसँग काम गरेकी थिइन्। जसबाट उनले चर्चा पाएकी थिइन्। फेरि ३ वर्षपछि अदितीले फिल्म ‘बाबरी’मार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्न लागेकी हुन्।

उनले फेसबुकमा फिल्मको शुभमुहुर्त गरेको भिडियो हाल्दै शुरुवात भनेकी छिन्। बाबरी फिल्मको ब्यानरमा निर्माण हुने फिल्ममा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन्।

फिल्मको सुटिङ पूर्वका विभिन्न स्थानमा भइरहेको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। साथै फिल्मको छायांकन अवधि ३५ देखि ४० दिन हुने समेत पौडेलले बताए।

यस फिल्ममा अदितिका साथै धिरज मगर, धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell