PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदको स्पष्टीकरण : झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगें



पी बी खड्का

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदको स्पष्टीकरण : झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगें

सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा वैशाख ३ गते मतदान गरी सच्याएकी प्रदेशसभा सदस्य देवी ओलीले स्पष्टीकरण दिएकी छन्। एमाले प्रदेशसभा संसदीय दलको नेतासमक्ष आफू झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेको ओलीले उल्लेख गरेकी छन्। दलको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट पारेकी छन्।

स्पष्टीकरण पत्रमा ओलीले लेखेकी छिन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु। थाहा पाउने वित्तिकै फर्किएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रस्तावको विपक्षमा हाम्रो पार्टी नेकपा एमालेको प्रदेशसभा संसदीय दलको बैठकको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट गर्दछु।’

सांसद ओलीले दलको नीति, निर्णय र ह्वीपप्रति प्रतिबद्ध रहेको जनाएकी छन्। प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्तावका पक्षमा मतदान गरेकी सांसद ओलीले मत सच्याउन सभामुखले निर्धारण गरेको समय सीमाभित्र मुख्यमन्त्री शाहीको विपक्षमा आफ्नो मत सच्चाएकी थिइन्।

यद्यपि, सोही दिन दलको बैठक बसेर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो भने फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाहीका लागि सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell