PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रदेश १ मा थपिए ९७ जना कोरोना संक्रमित



पहिलोपोस्ट

प्रदेश १ मा थपिए ९७ जना कोरोना संक्रमित

विराटनगर : प्रदेश नम्बर १ मा मंगलवार ९७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २/२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २/२, गढी र बराहक्षेत्रमा १/१, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २/२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १/१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७९९ पुगेको छ। संक्रमितमध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित ४०४ पुगेका छन्।

प्रदेश १ मा मंगलवार ५२८ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell