PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ।

केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।

 रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्‍याइएको छ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै महानगरपालिका, प्रशासन, गुठी संस्थानसँगको सहकार्यमा रथयात्रा व्यवस्थापन समितिले स्वास्थ्य मापदण्ड पालना गर्दै रथयात्रा गरेको हो। रथयात्राका क्रममा मास्क अनिवार्य गरिएको थियो भने रथ तान्नेहरुले भाइजर लगाएका थिए।

आज बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ।  
 



ट्रेन्डिङ पोस्ट

Ncell