![असन पुगेर राष्ट्रपतिद्वारा सेतो मछिन्द्रनाथको दर्शन](https://pahilopost.com/assets/upload/contentthumb/WhatsApp_Image_2021-04-20_at_22.48_.31_.jpg)
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन गरेकी छिन्।
आज दिँउसो केलटोलबाट खटमा राखेर तीनधारा पुर्याइएको सेतो मछिन्द्रनाथलाई रथयात्रा गर्दै साँझ असन पुर्याइएको थियो। असनको अन्नपूर्ण मन्दिर अघि रथ पुर्याइएको रात राष्ट्रप्रमुख सेतो मछिन्द्रनाथको दर्शन गर्न पुग्ने परम्परा रहेको छ।
भण्डारीले अन्नपूर्ण मन्दिर र सेतो मछिन्द्रनाथको रथ परिक्रमा गर्दै प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई सेतो मछिन्द्रनाथका पूजारीहरुले प्रसाद प्रदान गरेका थिए।
सम्बन्धित समाचार : तीनधाराबाट यसरी असन पुर्याइयो सेतो मछिन्द्रनाथलाई