PahiloPost

May 15, 2026 | १ जेठ २०८३

वीरगंजमा १४० जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

वीरगंजमा १४० जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि

वीरगंज : वीरगंजको नारायणी अस्पतालमा मंगलवार गरिएको १४० जनाको स्वाब परीक्षणमा ९१ जनामा कोरोना पुष्टि भएको छ। जसमा ५५ जना पुरुष र ३६ जना महिला रहेका छन्।

संक्रमण पुष्टि भएकामध्ये पर्साका ७६, बाराका ९, सर्लाहीका ३, रौतहट, सप्तरी र मकवानपुरका १/१ जना रहेका छन्। पर्सामा संक्रमित भएकामध्ये सबैभन्दा धेरै सदरमुकाम वीरगंज महानगरको विभिन्न वडाका बासिन्दा रहेका छन्।

वीरगंजका कुल ६८ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। अन्य संक्रमितहरु पर्साको बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र विन्दवासिनी गाउँपालिकाका रहेको डा दासले बताए।

वीरगंजमा थपिएका संक्रमितहरु वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, २२, २४, र ३० का बासिन्दा हुन्। थपिएका ९१ जना संक्रमितहरुमा ६ वर्षीय बालकदेखि ७९ वर्षीय वृद्धपनि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell