PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आइपीएल : दिल्लीसँग मुम्बई ६ विकेटले पराजित



पहिलोपोस्ट

आइपीएल : दिल्लीसँग मुम्बई ६ विकेटले पराजित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाउँदा इशान किशानले २६ रन बनाएका थिए। त्यस्तै, सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन जोडे। दिल्लीका लागि अमित मिश्राले सर्वाधिक ४ विकेट लिँदा अभेस खानलेले २ तथा मार्कस स्टोइनिस, कगिसो रबाडा र ललित यादवले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा स्टिभ स्मिथले ३३, ललित यादवले २२ र शिम्रोन हेटमायरले १४ रन जोडे।

मुम्बईका लागि जयन्त यादव, जसप्रित बुमराह, राहुल चहर र काइरोन पोलार्डले १/१ विकेट लिए।

जारी सिजनमा चार खेल खेलेको दिल्लीको यो तेस्रो जित हो भने समान खेल खेलेको मुम्बईको यो दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell