काठमाडौंः भक्तपुरमा करेन्ट लागि घर माथिबाट खस्दा एक युवकको मृत्यु भएको छ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर २ का २० वर्षीय सञ्जीव भारतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मङ्गलवार दिउँसो भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी आकाशे पुल नजिक ६ तले पक्की घरमा इन्टरनेट केवलको काम गर्न पुगेका भारती करेन्ट लागेको थियो। करेन्ट लागेर घरबाट खसेका उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
उनीसँगै गएका अर्का युवक रोहित तामाङ केवल जोडिएको पोलमा रोहित तामाङ चढेको र ६ तला पक्की घर माथिको रेलिङमा सञ्जीव भारती गई केवल लाइनको तार समाती चेक गर्दा एक्कासि करेन्ट लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
