PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लकडाउनको त्रासमा यातायात व्यवसायी, भन्छन् : लकडाउन भए सार्वजनिक यातायात क्षेत्र खरानी नै हुन्छ



पहिलोपोस्ट

लकडाउनको त्रासमा यातायात व्यवसायी, भन्छन् : लकडाउन भए सार्वजनिक यातायात क्षेत्र खरानी नै हुन्छ

काठमाडौंः कोभिड १९ को दोस्रो लहर नियन्त्रणका लागि सरकारले विभिन्न क्षेत्रमा निषेध गर्न थालिसकेको छ। सङ्क्रमण दर बढ्दै गए लकडाउन हुन सक्ने चेतावनी पनि सरकारले दिइरहेको छ। त्यस्तै सार्वजनिक सवारी सिटभन्दा बढी यात्रु नराख्न निर्देशन समेत दिइसकेको छ।

करिब एक वर्षसम्म सार्वजनिक सवारी साधन नचल्दा समस्या भोगेका व्यवसायीहरू फेरी पनि लकडाउन भए यातायात व्यवसायीले भने थेग्न नसक्ने बताउँछन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मङ्गलवार यातायात व्यवसायीसँग भएको छलफलमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अवस्था बिग्रँदै गए लकडाउन गर्नुपर्ने बताएका थिए। छलफलमा व्यवसायीले अब पनि लकडाउन भए सार्वजनिक यातायातले थेग्न नसक्ने बताए।

'स्थिति डामाडोल छ। बिस्तारै कडा गर्दै लगिएको छ', नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने,' दोस्रो चरणको लक डाउन भए सार्वजनिक यातायात क्षेत्रले थेग्नै सक्दैन। अहिले नै क्षतविक्षत छ। खरानी नै हुन्छ।'

उनले सरकारले कहिल्यै सार्वजनिक यातायातलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे। 'खर्बौँको लगानी छ। सर्वसाधारणले प्रयोग गर्ने सेवा हो। झन्डै बर्षदिन लक डाउन भयो। न कुनै छुट पायौ न त अनुदाननै,'  उनले भने,' बिस्तारै चल्न थालेका थियौ। फेरि उठ्नै नसक्ने गरी लड्ने अवस्था छ।'

सार्वजनिक यातायातमा देशभर ४ लाख सवारीसाधन छन्। १० खर्ब रुपैयाँ बराबरको लगानी रहेको छ। ११ लाखले सार्वजनिक सवारी क्षेत्रबाट रोजगारी पाएको महासङ्घले जनाएको छ। उक्त रोजगारीबाट करिब ४० लाखले जीविकोपार्जन गर्दै आएका छन्। ६५ प्रतिशत स्वरोजगार व्यवसायी छन्। अधिकांश व्यवसायीले २० प्रतिशत आफ्नो र ८० प्रतिशत बैकबाट ऋण लिएर व्यवसाय गरेका छन्।

करिब एक वर्ष लक डाउन थेगेको भन्दै अब व्यवसाय पलायन हुनुपर्ने अवस्था आउन लागेको सिटौलाले बताए। उनले सवारीसाधन थन्काएर कसरी किस्ता र व्याज तिर्ने भन्दै प्रश्न गरे।

'हाम्रा गाडीहरू करिब एक वर्ष थन्किए। बैक र फाइनान्सहरूले किस्ता मागे। साथीहरूले भएका सम्पत्ति बेचेर भए पनि तिर्नु भो',' अब कसरी तिर्ने ? बैकले त छोड्नेवाला छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell