PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

नेपालगञ्ज उपमहानगरमा आज रातिबाट एक साता लकडाउन



पहिलोपोस्ट

नेपालगञ्ज उपमहानगरमा आज रातिबाट एक साता  लकडाउन

काठमाडौं : कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरी आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रले अनुमति दिएपछि आज रातिबाट लकडाउन लागू हुने भएको हो।

'जिल्लाभरि नै गर्ने की उपमहानगरपालिकामा मात्र भन्ने छलफल भएको थियो। पहिलो चरणमा उपमहानगरपालिकामा मात्र गर्ने निर्णय भएको हो,' प्रमुख जिल्ला अधिकारी गेलालले भने। लकडाउन अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्यलाई रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको विज्ञप्तिमा नेपालगञ्ज उपमहानगरपालिकामा मात्र ७  सय ३५ जना संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell