PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सर्लाहीका ४२ वर्षीय संक्रमितको वीरगंजमा मृत्यु



राधेश्याम पटेल

सर्लाहीका ४२ वर्षीय संक्रमितको वीरगंजमा मृत्यु

वीरगंज : वीरगंजमा बुधवार विहान १० बजे थप एक जना संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सर्लाही, मलंगवा २ बस्ने ४२ वर्षका पुरुष रहेका छन्। उनी वैशाख ७ गते नारायणी अस्पतलामा भर्ना भएका थिए। उनको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको थियो। उपचारको क्रममा नै उनको मृत्यु भएको नारायणी अस्पतलाका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी गराए ।

यससँगै पछिल्लो ११ दिनमा पर्सा, बारा र सर्लाहीका ७ जनाको मृत्यु भएको छ। अहिले नारायणी अस्पतालको आईसीयूमा १० जना र आइसोलेसन वार्डमा १८ जना गरी कुल ३० जना भर्ना रहेको नारायणी अस्पताललले जनाएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell