PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नक्कली पीसीआर रिपोर्ट देखाएर विदेश जान लाग्दा समातिए भारतीय नागरिक, परीक्षण गर्दा रहेछन् पोजेटिभ



पहिलोपोस्ट

नक्कली पीसीआर रिपोर्ट देखाएर विदेश जान लाग्दा समातिए भारतीय नागरिक, परीक्षण गर्दा रहेछन् पोजेटिभ

काठमाडौं : नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर बिदेश जान लागेको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक तसलिम अहमदलाई पक्राउ गरिएको हो। साउदी अरेबिया जान लागेका भारतीय नागरिकको रिपोर्टमा शंका लागेर उनको पुनः पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको प्रहरीले जानकारी दिएको छ।

'अहिले उसलाई कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा राखिएको छ। थप अनुसन्धान भइरहेको छ, 'महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतले भने।

प्रहरीले अहमदलाई सोमवार नियन्त्रणमा लिएको थियो। त्यसपछि उनको कोभिड परीक्षण गरिएको हो। उनले त्यो रिपोर्ट कहाँ बनाए र कति रकम तिरेका थिए भन्ने अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।

काठमाडौंमा नै ९ हजार रुपैयाँ तिरेर नक्कली पीसिआर रिपोर्ट समेत बनाउने गरेको खुलेको छ। मंगलवारमात्र महानगरी अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेको थियो। चार घण्टामा नै स्वाब नै नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

ल्याबबाट ४ वटा नक्कली रिपोर्ट समेत फेला परेको प्रहरीले जानकारी दिएको छ। विदेश जान कोभिड नेगेटिभको रिपोर्ट आवश्यक पर्ने भएकाले विदेशमा जाने युवाहरुले रकम दिएर नै नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell