काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको टी २० अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेल समावेश भएका छन्।
हाल काठमाडौंमा जारी त्रिदेशिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेका उनले तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए। यससँगै भुर्तेल टी २० अन्तर्राष्ट्रिय क्रिकेट ब्याट्सम्यानको वरीयतामा ९३ औं स्थानमा पुगेका छन्।
नयाँ वरीयतामा ब्याटिङतर्फ भुर्तेल ९३ औं स्थानमा छन् भने अर्का ब्याट्सम्यान पारस खड्का ८२ औं स्थानमा छन्।
त्यस्तै बलिङतर्फ वरीयता सुधार गरेका सन्दीप लामिछाने ७७ औं स्थानमा छन्।
ब्याटिङतर्फ इङ्ग्याण्डका डेविड मलान, पाकिस्तानका बाबर आजम र अस्ट्रेलियाका आरोन फिन्च क्रशस शीर्ष तीनमा रहेका छन्।
त्यस्तै बलिङतर्फ साउथ अफ्रिकाका तब्रइज शाम्सी, अफगानिस्तानका राशिद खान र अस्ट्रेलियाका एस्टोन एगर शीर्ष तीनमा छन्।
टी २० वरीयतामा नेपाल १५ औं स्थानमा छ।