PahiloPost

May 15, 2026 | १ जेठ २०८३

थप २३५१ जनामा कोभिड-१९ को संक्रमण, ४४ प्रतिशत उपत्यकामा मात्रै 



पहिलोपोस्ट

थप २३५१ जनामा कोभिड-१९ को संक्रमण, ४४ प्रतिशत उपत्यकामा मात्रै 

काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार ८४४ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार २२० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै ८०३ एन्टिजिन परीक्षणका क्रममा १३१ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुने मध्ये एक हजार ५१ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्। जुन ४४.७ प्रतिशत हो। जसमध्ये काठमाडौं जिल्लाका मात्र ७८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरका १८१ र भक्तपुरका ८४ जना संक्रमित पहिचान भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell