PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल फाइनलमा



पहिलोपोस्ट

नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल फाइनलमा
तस्बिर : क्यान

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न नेदरल्याण्ड्स र मलेसियाको म्याच 'टाइ' भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रतिकुल मौसमका कारण ढिला गरि सुरु गरिएको खेलमा नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा बेन कुपरको अर्धशतकको सहायतामा १०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले डीएल मेथडबाट १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो। तर मलेसिया ९१ रनमै समेटिँदा म्याच 'टाइ' हुन पुग्यो र दुबै टोलीले १/१ अंक बाँडे। यो सँगै शीर्षस्थानमा रहेको नेदरल्याण्ड्समको ५ अंक छ भने दोस्रो स्थानमा रहेको नेपालको ४ अंक छ। त्यस्तै पुछारमा रहेको मलेसियाको १ अंक छ।

आजको खेलमा अंकबाँडेसँगै मलेसिया प्रतियोगिताको होडबाट बाहिरिएको छ भने नेदरल्याण्ड्स र नेपालले फाइनलमा स्थान सुरक्षित गरेका छन्।

भोलि हुने खेलमा नेपाल र मलेसिया भिड्नेछन्। उक्त खेलमा नेपालले जित निकालेमा शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell