PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

हतकडीसहित फरार रहेका एक भारतीय युवक पक्राउ



पहिलोपोस्ट

हतकडीसहित फरार रहेका एक भारतीय युवक पक्राउ

काठमाडौं : हतकडीसहित फरार रहेका एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तीपुर जिल्ला पटौरी थाना घर भई हाल कालिमाटी सुकुम्बासी टोल बस्ने १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह रहेका छन्।

उनलाई अनुसन्धानको सिलसिलामा २०७७ असोज २ गते पक्राउ परी महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याइएको थियो। फरार साहलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधवार कालिमाटीको परोपकारबाट पक्राउ हो।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत कालिमाटी पठाइएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell