PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सभा सम्मेलनहरु भर्चुअल विधिबाट गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध



पहिलोपोस्ट

सभा सम्मेलनहरु भर्चुअल विधिबाट गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा सम्मेलनहरु भर्चुअल विधिबाट सञ्चालन गर्न संघ संस्थाहरुलाई अनुरोध गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।

प्रशासनले कतिपय सरकारी तथा सार्वजनिक निकायहरु, निजी तथा गैर सरकारी संघ संस्थाहरुले भौतिक रुपमै उपस्थित भएर विभिन्न सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम तथा प्रशिक्षणहरु सञ्चालन गरेको गुनासो आएको भन्दै त्यस्ता कार्यक्रमहरु भर्चुअल विधिबाट सञ्चालन गर्न अनुरोध गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख ६ गतेको निर्णयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै २५ जनाभन्दा धेरै व्यक्ति भेला नहुन र भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम तथा प्रशिक्षणहरु सञ्चालन नगर्न निर्देशन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell