PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता



पहिलोपोस्ट

ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच आकस्मिक वार्ता भएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा आकस्मिक वार्ता भएको हो।

वार्ता अहिले जारी रहेको नेपालनिकट स्रोतले जानकारी दियो। ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच वार्ता भएको हो।

‘कुरा भइरहेको छ। कस्तो हुन्छ हेरौँ। सायद आज आकस्मिक रुपमा वार्ता भएको हो। धेरै कुरा आजको वार्ताले निर्धारण गर्छ,’ स्रोतले भन्यो।

महिना दिन लामो संवादहिनता पछि दुई नेताबीच वार्ता भएको हो। यसअघि चैत २ गते धुम्बाराहीमा समूहिक वार्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell