PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ओली-नेपालबीचको वार्ता सकियो, वार्ता सकारात्मक भएको दावी



पहिलोपोस्ट

ओली-नेपालबीचको वार्ता सकियो, वार्ता सकारात्मक भएको दावी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको आकस्मिक वार्ता सकिएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा भएको वार्ता सकारात्मक भएको बताइएको छ।

‘दुवै नेता हँसिलो देखिनु भएको छ। सकारात्मक भएको रुपमा बुझ्न सक्छौँ। मैले वार्ताको पहल गरेको होइन। म दर्शक भएर आएको हुँ,’ प्रम ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले भने।

वरिष्ठ नेता नेपालले भने आफ्नो समूहसँग छलफल गरेर मात्र प्रतिक्रिया दिने बताए।

ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच वार्ता भएको हो। महिना दिन लामो संवादहिनता पछि दुई नेताबीच वार्ता भएको हो। यसअघि चैत २ गते धुम्बाराहीमा समूहिक वार्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell