PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पञ्जाबमाथि हैदराबादको सानदार जित



पहिलोपोस्ट

पञ्जाबमाथि हैदराबादको सानदार जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंगसमाथि सानदार जित निकालेको छ। एमए चिदम्बरम् स्टेडियम चेन्नइमा सम्पन्न खेलमा हैदराबादले पञ्जाबमाथि ९ विकेटको फराकिलो जित निकालेको हो। जारी सिजन ४ खेल खेलेको हैदराबादको यो पहिलो जित हो।

टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो। १२१ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.४ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको पञ्जाबका लागि मयंक अग्रवाल र शाहरुख खानले सर्वाधिक समान २२ रन जोड्दा क्रिस गेलले १५ रन जोडे। पञ्जाबलाई सस्तैमा समेट्न खालिल अहमेदले ३ विकेट लिँदा अभिशेक शर्माले २ तथा भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादका लागि जोन्नी बेयर्स्ट्रोले सर्वाधिक अभिजित ६३ रन बनाउँदा डेभिड वार्नरले ३७ र केन विलियमसनले अभिजित १६ रन बनाए। पञ्जाबका लागि फेबिअन एलेनले एक विकेट लिए।

आजै जारी अर्को खेलमा चेन्नइ सुपर किंग्स र कोलकता नाइट राइडर्स प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell