PahiloPost

May 15, 2026 | १ जेठ २०८३

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर २४ निवासी ३६ वर्षीय प्रमोद सर्राफले आफ्नै छिमेकमा डेरा गरी बस्ने एक बालिकालाई १० रुपैयाँ दिएर आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित बालिकाका अभिभावकले आफ्ना तीन जना छोराछोरी डेरामा छोडेर मजदुरी गर्न गएको बेला सोमवार दिउँसो सो घटना भएको जाहेरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell