वीरगंज : वीरगंजमा बुधवार साँझ थप ८८ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १९२ जनाको स्वाब परीक्षणबाट ६४ पुरुष र २४ महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।
४ देखि ७८ वर्ष उमेर समूहका ८८ जनाको सिटि भ्यालु १४ देखि ३४ को बीचमा रहेको छ। ८८ जनामध्ये ७९ जना पर्साका, ७ जना बाराका र १/१ जना रौतहट र रुकुमका रहेको अस्पतालले जनाएको छ।
नयाँ संक्रमित थपिने क्रम उच्च रहेता पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र उपचारमा लापरवाही भइरहेको तथा नारायणी अस्पतालमा सहजै शय्या पाउने अवस्था नरहेको संक्रमितका परिवारले गुनासो गरेका छन्।
