PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित



पहिलोपोस्ट

आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ५ बल बाँकी छँदा अलआउट हुँदै २०२ रनमा समेटियो।

चेन्नईका लागि फाफ डु प्लेसिसले अविजित रहँदै सर्वाधिक ९५ रन बनाउँदा रुतुराज गाइक्वाडले ६४ रन बनाए। त्यस्तै, मोइन अलीले २५ र कप्तान महेन्द्र सिंह धोनीले १७ रन जोडे। कोलकाताका लागि वरुन चक्रवर्ती, सुनिल नराइन र आन्द्रे रसेलले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका लागि प्याट कमिन्सले अविजित रहँदै सर्वाधिक ६६ रन बनाउँदा आन्द्रे रसेलले ५४ र दिनेश कार्तिकले ४० रन जोडे।

चेन्नईका लागि दीपक चहरले सर्वाधिक ४ विकेट लिँदा, लुंगी एनगिडीले ३ र साम करनले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell