PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

काडिजलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा



पहिलोपोस्ट

काडिजलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा काडिजलाई हराउँदै रियल मड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ। स्टेडियो रामोन डी करेन्जामा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ३-० गोलअन्तरको जित निकालेको हो।

मड्रिडको जितमा करिम बेञ्जेमाले दोहोरो गोल गर्दा अल्भारो ओड्रिओजोलाले एक गोल गरे। तीनै गोल मड्रिडले पहिलो हाफमा गरेको थियो।

खेलको ३० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेञ्जेमाले मड्रिडलाई अग्रता बनाएका थिए। त्यसको ३ मिनेट भित्रै बेन्जेमाकै पासमा ओड्रिओजोलाले गोल थपे। त्यस्तै ४० औं मिनेटमा कासेमिरोको पासमा बेञ्जेमाले गोल गर्दा मड्रिडले ३-० को सहज जित निकाल्यो।

जितसँगै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। ३२ खेलबाट ७० अंक जोडेको रियल र ३१ खेलबाट ७० अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको शीर्षस्थानमा छन्। त्यस्तै गएरातिको खेलमा लेभान्टेलाई हराएको सेभिया बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। सेभियाले ३२ खेलबाट ६७ अंक जोडेको छ भने बार्सिलोनाले ३० खेलबाट ६५ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell