PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

उपाधि नजिक सिटी, शीर्ष स्थानमा ११ अंकको अग्रता



पहिलोपोस्ट

उपाधि नजिक सिटी, शीर्ष स्थानमा ११ अंकको अग्रता
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लामाथि जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली एस्टोन भिल्लामाथि २-१ गोलअन्तरले जित निकाल्यो।

खेलको पहिलो मिनेटमै जोन म्याकजिनको गोलमा भिल्लाले अग्रता बनाएको थियो। तर फिल फोडेनले खेलको २२ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै सिल्भाकै पासमा ४० औं मिनेटमा रोड्रिडीले गोल थप्दा पहिलो हाफमा सिटी २-१ को अवस्थामा पुगेको थियो। खेलको ४० औं मिनेटमा सिटीका जोन स्टोन्स र ५७ औं मिनेटमा घरेलु टोलीका म्याटी क्यास रेड कार्ड खाँदै बाहिरिँदा दुबै टोली १०/१० खेलाडीमा सीमित भएको छ।

जितसँगै सिटीले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ। ३३ खेल खेलेको सिटीको ७७ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३२ खेलबाट ६६ अंक छ।

खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफूहरु उपाधिको ‘एकदमै नजिक’ भएको प्रतिकृया दिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहमले साउथह्याम्टनमाथि २-१ जित निकाल्यो। सनह्युङ मिन र ग्यारिथ बेलको गोलको सहायतामा जित निकाल्दै टोटेनहम ३३ खेलबाट ५३ अंक जोड्दै तालिकाको छैठौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell