PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

त्रिदेशीय सिरिज: आज नेपाल र मलेसिया भिड्दै, वर्षाको डर



पहिलोपोस्ट

त्रिदेशीय सिरिज: आज नेपाल र मलेसिया भिड्दै, वर्षाको डर
फाइल फोटो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा आज घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सवा १ बजे खेल सुरु हुनेछ।

जारी प्रतियोगितामा २ जित र १ पराजय ब्यहोरेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने दुई पराजय ब्यहोरेको मलेसियाको अघिल्लो म्याच टाइ भएको थियो। मलेसिया फाइनलको होडबाट बाहिरिसकेको छ। नेपालले आजको खेलमा जित निकाले शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने छ भने पराजित भए दोस्रो हुँदै फाइनलको यात्रा तय गर्नेछ। यसअघिको खेलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले हराएको थियो।

जारी सिरिजमा ४ खेल खेलेको नेदरल्याण्ड्स २ जित, १ हार र १ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ३ खेलमा २ जित र १ हार ब्यहोरेको नेपाल ४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै ३  खेल खेलेको मलेसियाले २ वटामा हार र एउटामा अंक बाँड्दै १ अंक जोडेर तालिकाको पुछारमा छ। 

वर्षा बाधक बन्ने सम्भावना

आजको खेलमा वर्ष वाधक बन्ने सम्भावना देखिन्छ। हिजो सम्पन्न नेदरल्याण्ड्स र मलेसियाबीचको खेल पनि वर्षको कारण ढिला गरि सुरु भएको थियो। आज पनि काठमाडौंमा बिहानैबाट पानी परिरहेको छ। त्यस्तै आज दिउँसो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको रहेको छ।

‘देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाको आजको मौसमको विवरणमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell