PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्रका दुई दर्जन ठाउँमा ट्राफिकको चेकिङ



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्रका दुई दर्जन ठाउँमा ट्राफिकको चेकिङ

काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै सरकारले स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड जारी गरेको छ। नयाँ मापदण्ड अनुसार सार्वजनिक यातायातमा समेत कडाइ गरिएको छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरी नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो। सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यस्तै, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था पनि गर्नुपर्ने छ। साथै चालक र सहचालकले मास्कका साथै भाइजरसमेत लगाउनुपर्ने छ। तर, अहिले काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा यस्तो मापदण्ड पालना गरेको पाइँदैन। मापदण्डलाई कडाई गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका दुई दर्जन ठाउँमा चेकिङ प्वाइन्ट राखेको छ।

'मापदण्ड पालना गरेको छ वा छैन भन्ने कुरा हेर्ने हो। हामीले ठाउँ ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराइले भने।

महाशाखाले नयाँबजार, पुरानो बसपार्क,कमलपोखरी, कलंकी चोक, सीतापाइला,एकान्तकुना, बल्खु लगायतका विभिन्न स्थानमा चेकिङ राखेको छ।

सार्वजनिक यातायातमा चढ्ने यात्रुले मास्क नलगाइ आएमा सवारीसाधनमा नै बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क उपलब्ध गराउनुपर्ने छ। ट्राफिक प्रहरीले अन्य स्थानमा समेत आकस्मिक चेकिङ् गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell