काठमाडौँः अभिनेत्री केकी अधिकारी कोरोना सङ्क्रमण मुक्त भएकी छिन्।
तिन दिनअघि मात्रै उनलाई कोरोना संकमण पुष्टि भएको थियो। तर त्यसको तीन दिनपछि कोभिड १९ परीक्षण गर्दा नेगेटिभ आएको हो। दुई दिनसम्म लगातार ज्वरो र रुघाले सताएपछि उनले कोरोना परीक्षण गरेकी थिइन्।
उनले आज बिहान फेसबुक स्टाट्स लेख्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी छिन्। कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि उनी घरमै आइसोलेसनमा बसिरहेकी छिन्।
साथै उनले सबैलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेकी छिन्।
