PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कैलालीमा गोली लागेर एक सिकारी घाइते, सँगै सिकार खेल्न गएका अर्का पुरुष समातिए



पहिलोपोस्ट

कैलालीमा गोली लागेर एक सिकारी घाइते, सँगै सिकार खेल्न गएका अर्का पुरुष समातिए
प्रतिकात्मक तस्बिर

कैलालीः सिकार खेल्न गएका एक पुरुष गोली लागेर घाइते भएका छन् ।

जिल्लाको गौरीगङ्गा नगरपालिकास्थित शिव शंकर सामुदायिक वनमा सिकार खेल्न गएका गौरीगङ्गा ९ का इन्द्रबहादुर विक घाइते भएको प्रहरीले जानकारी दिएको छ। गोली उनैले बोकेको बन्दुकले लागेको हो वा अरु कसैले हानेको हो भन्ने खुलिसकेको छैन।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार विकसँगै सिकार खेल्न गएका वीरबहादुर थापामगर पक्राउ परेका छन्। प्रहरीले उनीहरूका साथबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरेको छ।

घाइते विकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell