चितवन : पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन्।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो।