PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मेरियटमै आज २ बजे भेट्दै ओली र नेपाल, आजको 'वान टू वान' वार्ताले देला निकास?



पहिलोपोस्ट

मेरियटमै आज २ बजे भेट्दै ओली र नेपाल, आजको 'वान टू वान' वार्ताले देला निकास?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच आज पनि वार्ता हुने भएको छ।

बिहीवार राजधानीको मेरियट होटलमा वार्ता भएको थियो। आज पनि सोही होटलमा दुई नेताबिच छलफल हुन लागेको नेपाल निकट स्रोतले जनाएको छ। अहिले २ बजे दुई नेता बिचमात्रै कुराकानी हुने स्रोतले बतायो।

'दुईजना बिचमात्रै आज कुराकानी हुँदैछ। हिजोकै ठाउँमा आज कुराकानी हुने हो,' स्रोतले भन्यो। बिहीवार ओली र नेपालबिच दुई घण्टा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्किएको थिएन। आज बिहान बल्खुस्थित पार्टी कार्यालयको शिलान्यास गर्न ओलीले नेपाललाई आग्रह गरेको भए पनि नेपालले भने अस्वीकार गरेका थिए।

हिजोको वार्ताम नेपालले नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान राखे पनि ओलीले पुरानै ठाउँमा फर्कन नसकिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell