PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेपाल समूहका २७ सांसदले बुझाए ओलीलाई स्पष्टीकरणको जवाफ



पहिलोपोस्ट

नेपाल समूहका २७ सांसदले बुझाए ओलीलाई स्पष्टीकरणको जवाफ

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ माधवकुमार नेपाल पक्षीय २७ जना सांसदले बुझाएका छन्।

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवार पुगेर उनीहरुले स्पष्टीकरणको बुझाएको एमाले सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। ओलीले ३ दिनको अल्टिमेटम दिएर मंगलवार बरिष्ठ नेता माधवकुमारा नेपाल र झलनाथ खनाल समूहका समूहका २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए। ब्यक्तिगत रुपमा जवाफ माग गरिएकाले व्यक्तिगत रुपमै पत्र बुझाएको श्रेष्ठले बताए।

एमालेको विधान विपरीत क्रियाकलाप गरेको भन्दै ओलीले सांसद पदबाट किन नहटाउने भन्दै केन्द्रका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरण पार्टीको विधान विपरीत भएको भन्दै नेपाल समूह सर्वोच्च अदालतमा गएको भए पनि निवेदन भने हालसम्म दर्ता भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell