PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीको छड्के अनुगमनका दृश्य : सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन ?

प्रहरीको छड्के अनुगमनका दृश्य : सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन ?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम छ। अनि चालक र सहचालकले सवारीको सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउँदैनन्। तर, कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा लिन सरकारले निर्धारित गरेको स्वास्थ्य मापदण्ड खासै पालना भएको पाइँदैन।

सरकारले तोकेको मापदण्ड पालना गराउन अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा आफैँ सक्रिय भएको छ। काठमाडौं उपत्यकाभित्रका दुई दर्जन भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखिएको छ। तर, त्यति हुँदा पनि यात्रु तथा चालक सजग बनेको पाइएको छैन।

बिहीवार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखले  काठमाडौंका विभिन्न स्थानमा सवारी साधनको अनुगमन  गरे। बिहान करिब ११ बजे उनीहरु कोटेश्वर पुगेका थिए। त्यहाँ पुग्दा केही यात्रुले मास्क नलगाएको र चालकले समेत मापदण्ड पूरा नगरेको भेटिएको थियो।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरि नयाँ स्वास्थ्य मापदण्ड जारी गरिएको छ। सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्ने व्यवस्था छ। त्यस्तै, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजर पनि राख्नुपर्ने निर्देशन छ। चालक र सहचालकले मास्कका साथै भाइजर लगाउन भनिएको छ। हेर्नुस् प्रहरीको अनुगमनका दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell