PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

नेपाल समूहका सांसदको ओलीलाई उल्टै प्रश्न : दल त्याग र नयाँ पार्टी गठन नगरी कारवाही कसरी?



पहिलोपोस्ट

नेपाल समूहका सांसदको ओलीलाई उल्टै प्रश्न : दल त्याग र नयाँ पार्टी गठन नगरी कारवाही कसरी?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको दाबी झुटो भएको बेहोरासहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले जवाफ बुझाएका छन्।

उनीहरुले दल त्याग गरेको र नयाँ दल गठन गरेको आधारमा मात्रै पार्टीले सांसद पदबाट हटाउन सक्ने भएपनि आफूहरु दुवै कार्यमा संलग्न नभएकाले ओलीले सांसद पदबाट हटाउन नसक्ने जवाफमा उल्लेख छ।

सांसद जीवनराम श्रेष्ठले लेखेको जवाफमा दल त्याग गरे वा नयाँ दल गठन गरे मात्रै राजनीतिक दल सम्बन्धि ऐन अनुसार सांसद पदबाट हटाउन सकिने दाबी गरिएको छ। अन्यथा हटाउन नसकिने जिकिर उनले गरेका छन्।  

'दल त्याग गरिएको सुचित गरेमा पदमुक्त हुने, राजनीतिक दलसम्बन्धि ऐनको दफा ३१ मा नयाँ दल गठन गरेमा र सोही ऐनको दफा ३२ (१) मा नयाँ दल गठन गरेमा संसदीय दलको सदस्य नरहने भन्ने व्यवस्थासँग तुलना गर्नु परस्पर मेल नखाने विषय हुन्,' उनले दिएको जवाफमा उल्लेख छ। यस्तै, उनले आफूहरुले ओलीको आलोचना गरेकै आधारमा पद नजाने दाबी गरेका छन्। २०७५ जेठ अघिको अवस्थामा फर्काउन गरिएको पहल फरक पार्टीको अभ्यास नभएको श्रेष्ठको दाबी छ।

त्यस्तै, दोश्रो पटक ओलीलाई स्थायी कमिटी सदस्य तथा नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जवाफ बुझाएका छन्। यसअघि पनि पाण्डे सहितका ४ जना नेताले ओलीलाई जवाफ बुझाएका थिए।

पाण्डेले बिहीवार बुझाएको जवाफमा पार्टीको विधानको ठाडो उल्लंघन हुँदा पार्टी कमिटीमा निर्वाचित सदस्यका हिसाबले विरोध र आलोचना गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्।

'केन्द्रीय कमिटीको सदस्य र केन्द्रीय कमिटीबाट स्थायी कमिटीमा सर्वसम्मत रुपमा निर्वाचित व्यक्तिको हैसियतमा मैले आलोचना र विरोध गर्नु पार्टी प्रतिको मेरो निष्ठा र इमान्दारिता हो,' उनले उल्लेख गरेका छन्।

उनीहरुले दल त्याग र नयाँ पार्टी गठन नगरी कारवाही कसरी? गरेको भन्दै ओलीमाथि नै प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell