PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

मेरियटमा दुई घण्टा वार्ता : भेटघाट कक्षबाट धरहरा हेरेर निस्किए ओली, कुरा नमिलेपछि माधव होटलमै दूतसँग छलफलमा



प्रकाश भण्डारी

मेरियटमा दुई घण्टा वार्ता : भेटघाट कक्षबाट धरहरा हेरेर निस्किए ओली, कुरा नमिलेपछि माधव होटलमै दूतसँग छलफलमा

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको वार्ता सकिएको छ। वार्ता विना निष्कर्ष टुंगिएको नेताहरुले बताएका छन्। दुवै नेताले आ-आफ्नो अडान राखेको बुझिएको छ। प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय मान्न नेपाललाई आग्रह गरे। त्यसलाई अस्वीकार गर्दै एमाले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान नेपालले राखे। त्यसलाई ओलीले अस्वीकार गरे। वार्ता सफल नभएको नेताहरुको भनाइ छ।

नागपोखरीस्थित मेरियट होटलमा दुई घण्टा लामो वार्तामा ओली र नेपालले नवनिर्मित धराहराको अवलोकन भेटघाट कक्षको झ्यालबाट गरेका थिए। वार्ता सकिएसँगै प्रधानमन्त्री ओली होटलबाट निस्किएका छन्। नेता नेपाल भने होटलभित्र प्रधानमन्त्रीका दूतसँग छलफलमा छन्। उद्योग राज्य मन्त्री मोतिलाल दुगडले प्रधानमन्त्रीको दूतका रुपमा नेता नेपालसँग छलफल गरिरहेको बुझिएको छ।

बुधवार पनि ओली र नेपालबिच दुई घण्टा वार्तामा सहमति हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell