A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a7ef1515fc477.25536598): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a7ef1515fc477.25536598,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मलेसियामाथि नेपालको सानदार जित
PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मलेसियामाथि नेपालको सानदार जित



पहिलोपोस्ट

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं: त्रिदेशीय टी २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ६९ रनको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै १४८ रन बनायो। 

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि आक्रामक ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन बनाए। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। त्यस्तै आशिफ शेखले ४२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३ र कुशल भुर्तेलले १६ रन बनाउँदा कुशल मल्ल १९ रनमा अभिजित रहे।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सइद अजिजले समान २/२ विकेट लिँदा मुहम्मद वाफिकले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि अमिनुद्धिन् राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैज ३१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुले ठूलो योगफल बनाउन सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए। यो खेलसँगै सन्दीप लामिछाने टी २० मा नेपालबाट १०० औं खेल खेल्ने पहिलो खेलाडी बनेका छन्।

यो सँगै नेपाल त्रिदेशीय सिरिजको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको छ। फाइनलमा नेपालले शनिवार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell