PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने



पहिलोपोस्ट

पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने

काठमाडौं : नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको भन्दै पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न प्रतिबन्ध लगाइएको छ।

पशुपति क्षेत्र विकास कोषले एक सूचनामार्फत सो जानकारी दिएको हो।

सूचनामा भनिएको छ, ‘बैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell