PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओली र गौतमबीच भेट, ‘ओलीसँगको मेरो सम्बन्ध जमानादेखिको हो र अटुट रहिरहनेछ’



पहिलोपोस्ट

ओली र गौतमबीच भेट, ‘ओलीसँगको मेरो सम्बन्ध जमानादेखिको हो र अटुट रहिरहनेछ’
फोटो : विशाल भट्टराई/फेसबुक।

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेट भएको हो। ओली र गौतमबीच बिहीवार बालुवाटारमा भेट भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

भेटमा गौतमले केपी ओली देशको प्रधानमन्त्री र एमालेको अध्यक्ष भएको भन्दै ओलीसँगको सम्बन्ध अटुट रहिरहने बताएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए।

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा प्रमसँगको संवादपछि उहाँले भन्नुभो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले)को अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन, जमानादेखिको हो र अटुट रहिरहनेछ।’

 

प्रधानमन्त्री -- बामदेब भेटघाट कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ''तपाइहरु बीचको...

Gepostet von Bishal Bhattarai am Donnerstag, 22. April 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell