PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

आईपीएल : बेङ्ग्लोरको लगातार चौँथो जित, देवदत पाडिक्कलको शतक



पहिलोपोस्ट

आईपीएल : बेङ्ग्लोरको लगातार चौँथो जित, देवदत पाडिक्कलको शतक
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले राजस्थानमाथि १० विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६ दशमलब ३ ओभरमा बिना विकेटको क्षति लक्ष्य पूरा गर्‍यो।

राजस्थानका लागि शिभव दुबेले सर्वाधिक ४६ रन बनाउँदा राहुल तवातियाले ४० रन बनाए। त्यस्तै, रियान परागले २५ र सन्जु सामसनले १० रन जोडे। बेङ्ग्लोरका लागि मोहाम्मेद सिराज र हर्सल पटेलले ३/३ विकेट लिँदा कायल जेमिसन, केन रिचर्डसन र वासिङ्टन सुन्दरले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि देवदत पाडिक्कलले अविजित रहँदै सर्वाधिक १०१ रन बनाउँदा कप्तान विराट कोहलीले ७२ रन जोडे।

बेङ्ग्लोरको यो लगातार चौँथो जित हो। बेङ्ग्लोर आठ अंक सहित तालिकाको शिर्ष स्थानमा छ। चार खेलमा एक खेल मात्रै जितेको राजस्थान तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell