PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोरोनाले अपुरो बनायो नदिम - श्रवणको जोडी



पहिलोपोस्ट

कोरोनाले अपुरो बनायो नदिम - श्रवणको जोडी

चर्चित संगीतकर्मी जोडी नदिम - श्रवणको जोडीलाई कोरोना भाइरसले अपुरो बनाएको छ। एकसाथ नाम जोडिएर आउने उनीहरूमध्ये श्रवण राठौर अब रहेनन्। उनको विहीवार साँझ संक्रमणपछि मृत्यु भएको हो।

दुई दिनअघि उनलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको थियो। श्रवणलाई मधुमेहको समेत समस्या थियो। संक्रमणपछि उनको फोक्सोमा असर परेको भाष्करमा जनाइएको छ। उनको मुम्बईस्थित रहेजा अस्पतालमा उपचार भइरहेको थियो।

नब्बेका दशकमा फिल्म 'आशिकी' को गीत हिट भएपछि नदिम र श्रवणले चर्चा बटुलेका थिए। नदिम – श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए। त्यसमा उनीहरूले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो। त्यसपछि उनीहरूले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिए।

त्यसपछि दुबैले साजन, दिल है कि मानता नही, सडक, सैनिक, दिलवाले, राजा हिन्दुस्तानी र पदेश जस्ता धेरै फिल्महरुका गीतमा संगीत भरेका थिए। उनीहरुले संगीत भरेका प्राय गीत चर्चामा रहे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell