PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् एमाले नेतृ भगवती चौधरी



प्रकाश भण्डारी

बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् एमाले नेतृ भगवती चौधरी
ओलीसँग चौधरी। फोटो : नेता चौधरीको फेसबुकबाट

काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटारामा जारी महाधिवेशन आयोजक समितिको बैठकबाट बिचमै निस्किएकी छिन्।

बालुवाटारमा जारी बैठकबाट भगवती चौधरी सहज रुपमा भने निस्किएकी थिइनन्। ओलीको निकटतम र एक पटक राज्य मन्त्रीसमेत भइसकेकी चौधरी बालुवाटारबाट रुँदै बाहिरिएकी हुन्। उनी बैठककै बिचमा यसअघि पनि बाहिरिएकी थिइन्। तर, त्यतिबेला एमाले नेताहरुले फकाउँदै भित्र लगेका थिए।

उनी यसपटक बैठकबाट रुँदै बाहिरिएको र सामुहिक राजिनामा दिने आक्रोशसहित गाडी चढेर बालुवाटरबाट निस्किएकी छिन्।

'जे जे गर्न मन लाग्छ गरे भइगयो नि। म किन चाहियो?,' भन्दै उनी बाहिइन्। सुनसरी जिल्लाका नेता चौधरीले दोस्रो संविधानसभा निर्वाचन र पछिल्लो आम निर्वाचनमा विजयकुमार गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन्। उनी पहिलो संविधानसभामा मनोनित सांसद थिइन्।

जगदिश कोशियारीलाई एमालेको जिल्ला इञ्चार्ज बनाएपछि उनी असन्तुष्ट रहँदै आएकी हुन्। आज उनले रुँदै बाहिरिनुको कारण नखुलाए पनि त्यसको कनेक्सन उनै इञ्चार्ज कोशियारीको नियुक्तिसँग जोडेर हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell