PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आजै गठित स्थायी कमिटीलाई जिम्मा : २७ जना नेताको स्पष्टीकरणको अध्ययन र निर्णयको अधिकार



प्रकाश भण्डारी

आजै गठित स्थायी कमिटीलाई जिम्मा : २७ जना नेताको स्पष्टीकरणको अध्ययन र निर्णयको अधिकार

काठमाडौं : माधवकुमार नेपाल पक्षका २७ जना नेताले बुझाएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने अधिकार सत्तारुढ दल नेकपा एमालले पार्टीको स्थायी कमिटीलाई जिम्मा दिएको छ।

आजैमात्रै माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई नसमेटी बालुवाटारमा आयोजित महाधिवेशन आयोजक कमिटीले १९ जनाको स्थायी कमिटी गठन गरेको हो। कमिटीमा माओवादीबाट एमालेमै रहेका मन्त्रीहरुसमेत समावेश छन्। 

कर्णाली प्रदेशमा पार्टीको ह्विप उल्लंघन गर्नेहरुलाई पार्टीको साधारण सदस्य र प्रदेससभा सांसद पदबाट हटाउने निर्णय पनि आजको बैठकले गरेको छ। 

'कर्णालीकालाई कडा कारवाही गर्‍यौं। केन्द्रमा पनि त्यस्तो अवस्था नआओस,' बैठकको निर्णयबारे ब्रिफिङ गर्दै पार्टी प्रवक्ता तथा परारष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, 'संकेत पाइसक्नु भएको छ।'

आजको बैठकले नेपाल समूहलाई पार्टीमा फर्क आह्वान गर्ने निर्णय गरेको छ। भुलवस समानान्तर कमिटीहरुमा लागेकालाई मुल प्रवाहमा आउँदा सम्मान दिने निर्णय गरेको छ। 

साथै बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनको विषयमा पनि निर्णय गरेको छ। 

साथै आगामी उप निर्वाचनमा नेता तथा कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिने निर्णय भएको छ भने नेत्रविक्रम चन्द विप्लवसँग सरकारले गरेको सम्झौताको स्वागत गरिएको छ।

त्यसैगरी कोरोना भाइरस नियन्त्रणबारे प्रभावकारी कमद चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। कोरोना भाइरसको संक्रमण विरुद्ध स्वयमसेवी रुपमा परिचालित हुन पनि निर्देशन दिएको छ। साथै म्यानमारमा लोकतन्त्र बहालीको पक्षमा पनि बैठकले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell